विवेकशील साझा युवा संगठनका सचिव भन्छन्– फैसलाले ओली प्रवृत्तिलाई परास्त गरेको छ

काठमाडाैं – विवेकशील साझा युवा संगठनका सचिव तथा पार्टीका केन्द्रीय समिति सदस्य अमित पाठकले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन्।

‘हाल केपी ओली प्रवृत्तिलाई परास्त गर्नु नै प्रगतिशील र न्यायप्रेमी राजनीतिकर्मीको एकमात्र धर्म हो।’ सचिव अमितले आफ्नो फेसबुकमा लेखेका छन्।

बिज्ञापन

साथै, उनले प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलाले राम्रो नजिर बसाएको अनि हालसम्मका राजनीतिक उपलब्धि पनि जोगाएको बताएका छन्।

लोकतन्त्रका पहरेदारहरुलाई बधाई दिँदै प्रतिगमनलाई परास्त गरेकोमा उनले न्यायलयलाई धन्यवाद दिएका छन्।