एमाले स्थायी कमिटी बैठक बस्दै, के विषयमा हुँदैछ छलफल ?

काठमाडौं –  नेकपा (एमाले)को स्थायी कमिटी बैठक बस्दैछ ।

बैठकको समय र स्थान तय नभएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

बिज्ञापन

हिजो दिउँसो १ बजेका लागि बोलाइएको बैठक निर्वतमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएपछि स्थगित भएको थियो ।

बैठकमा एमाले कार्यदलले गरेको १० बुँदे सहमति र केन्द्रीय कमिटीको बैठक बोलाउनेबारे छलफल हुनेछ ।

कार्यदलले उक्त सहमतिको प्रतिवेदन ओली र वरिष्ठ नेता माधव कुमार नेपाल दुवैलाई हस्तान्तरण गरिसकेको छ ।