सिरिन्ज आक्रमण’लाई लिएर बनेपा तनावग्रत | OmkarTimes.com

काभ्रे । काभ्रेमा ‘सिरिन्ज आक्रमण’लाई लिएर तनाव उत्पन्न भएको छ । स्थानीयबासीले प्रहरी चौकी घेराउ गरेका छन् ।

 

बिज्ञापन

सोमबार विहान बाटो हिँडिरहेकी र बसमा रहेकी एक महिलाले आफूमाथि सिरिन्ज आक्रमण भएको बताएका थिए । लगत्तै स्थानीयबासीको समूहले एक चारदोबाटोस्थित बसपार्कबाट एक जनालाई प्रहरीको जिम्मा लगाएका छन् ।

 

जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख जयराज सापकोटाले स्याङ्जाका खगेन्द्रप्रसाद पाठकलाई पक्राउ गरिएको पुष्टि गरे । प्रहरी उपरीक्षक (एसपी) सापकोटाले अनलाइनखबरसँग भने, ‘शंकित व्यक्ति भएको आशंकामा पक्राउ हौं ।’

 

अहिले पाठकलाई हिरासतमा लगेर अनुसन्धान गर्न लागिएको सापकोटाले बताए ।

 

त्यसक्रममा उनलाई कुटपिट गर्न खोजेपछि प्रहरीले उद्दार गरेर तीन दोबाटोस्थित चौकीमा लगेको छ भने पीडित महिलालाई उपचारका लागि शिर मेमोरियल अस्पताल पुर्‍याइएको छ । पक्राउ परेका व्यक्तिले आफूले सिरिन्ज आक्रमण नगरेको बयान दिएका छन् ।