
एजेन्सी-अर्को वर्ष कतारले विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्दै छ । अब कतारपछि मध्यपूर्वी एसियाकै अर्को देश साउदी अरेबियाले सन् २०३० को विश्वकप आयोजना गर्ने इच्छा देखाएको छ । साउदी अरेबियाले इटालीसँगै विश्वकपको सहआयोजक राष्ट्रको भूमिका निर्वाह गर्न तयार रहेको शुक्रबार घोषणा गरेको हो ।
संयुक्त रुपमा विश्वकप आयोजनाका लागि इटाली र साउदीले छलफल अघि बढाएको द एथ्लेटिकले जनाएको छ । सन् २०३० को विश्वकप आयोजकको घोषणा फिफाले सन् २०२४ मा मात्रै गर्ने जनाएको छ । यसअघि स्पेन र पोर्चुगलले पनि २०३० को विश्वकप आयोजनाका लागि संयुक्त रुपमा दाबी पेश गरिसकेका छन् ।आउदो सन् २०२२ को विश्वकप कतार र २०२६ को विश्वकप तीन राष्ट्र अमेरिका, मेक्सिको र क्यानडामा हुने तय भइसकेको छ ।