
काठमाडौं – पुर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन अपिल गरेका छन् ।भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराइरहेका खनालले एक वक्तव्य जारी गर्दै आफ्नो मन पनि देउवा सरकारकै पक्षमा हुने स्पष्ट पारेका हुन् ।

बिज्ञापन




‘यो सरकार संविधानको धारा ७६(५) बमोजिम बनेको र यसले ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नुपर्छ । अन्यथा मुलुकको स्थिति फेरि संकटग्रस्त हुनेछ । त्यसैले म नेकपा एमालेका संसदीय दलका सम्पुर्ण माननीय सदस्यहरुलाई कुनै पनि प्रकारको अलमल र आक्रोशबाट प्रभावित नभइकन देउवा सरकारलाई विश्वासको मत दिन आग्रह गर्दछु,’ खनालले जारी गरेको वक्तव्यमा लेखेका छन्, ‘मेरो मत पनि विश्वासको मत लिँदा देउवा सरकारकै पक्षमा हुने काुरा पनि यो वक्तव्य मार्फत प्रष्ट पार्न चाहन्छु ।’