दुई पटक स्थगित भएको नेकपा सचिवालय बैठक आज बस्दै

काठमाडौं-दुई पटक स्थगित भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बोलाईएको छ ।

नेकपा सचिवालय बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको प्रचण्डको सचिवालयले जनाएको छ ।

बिज्ञापन

अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीचको छलफलपछि आज बैठक बस्ने तय भएको हो ।

बैठकमा रिक्त अर्थमन्त्री लगायतका विषयमा छलफल हुने सम्भावना रहेको छ ।