
काठमाडौं । सरकारले बकर इदको अवसरमा बुधबार (आज) सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले बुधबार एक सूचना जारी गरी इस्लाम धर्मावलम्बीले मनाउने बकर इद (इद–उल–अजहा) को अवसरमा आज देश भर लागू हुने गरी सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।
बिज्ञापन



मन्त्रिपरिषद्को यही साउन ४ गतेको निर्णयानुसार बिदा दिइएको मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
