नेम्वाङको प्रश्न-जनादेश कहाँबाट आयो ?

काठमाडौं । पूर्वसभामुख तथा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्री शेरबहादुर देउवालाई जनादेश कहाँबाट आयो भन्दै प्रश्न उठाएका छन् । प्रधानमन्त्रीलाई बधाई दिने क्रममा संसदको रोष्ट्रम प्रयोग गरेर बोलेका नेम्बाङले जनादेश निर्वाचनबाट प्राप्त हुने तर्क गरे ।
नेम्वाङले आफूहरुले जिम्मेवार प्रतिपक्षको रुपमा भूमिका खेल्ने बताए । उनले आफूहरु जिम्मेवार प्रतिपक्ष भएको नाताले संसदको अधिकारलाई सम्मान गरेको बताए ।
वर्तमान प्रधानमन्त्री देउवाले केपी शर्मा ओली प्रधानमन्त्री बन्दै गर्दा आफूहरु पाँच वर्ष नै प्रतिपक्षमा बस्ने र सरकारमा जाने जनादेश नआएको भनेर सम्बोधन गरेको स्मरण गराउँदै नेम्वाङले भने,‘अहिले उहाँ मेरो अगाडि हुनुहुन्छ, उहाँ प्रधानमन्त्री हुनुभयो, कुन जनादेशले प्रधानमन्त्री बन्नुभयो ?’ देउवा सर्वोच्च अदालतको परमादेशबाट आफूहरुले प्रधानमन्त्री प्राप्त गरेको उनको भनाइ छ ।

उनले भने,‘यो मेरो अन्यथा टिप्पणी होइन, उहाँ प्रधानमन्त्री हुनुभएको छ । म बधाई दिन यहाँ उभिएको छु ।’ उनले सर्वोच्च अदालतको पछिल्लो फैसलाले धेरै कुरामा प्रश्न उठाएको पनि बताए ।

बिज्ञापन