
कांग्रेस तथा गठबन्धन दलमा मन्त्री बन्न सांसदहरूले तानातान गर्दैदै जाँदा प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारमा सकस परेको छ ।
देउवाले पाँच सदस्यीय मन्त्रिपरिषद्द्वावारा मुलुकको शासकीय बागडोर सम्हाल्दै आएको १३ दिन बितिसकेको छ । तर, पनि उनले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्दा समग्र सरकारको कार्यसञ्चालन प्रभावकारी बन्न सकेको छैन ।
संविधानतः मन्त्रिपरिषद्को संख्या २५ भन्दा बढी बनाउन पाइँदैन । हाल देउवासहित पाँच जना मन्त्रिपरिषद् रहेकाले उनले अब जम्मा २० जना मन्त्री मात्रै नियुक्त गर्न पाउँछन् ।
त्यसमा पनि मन्त्रालयको संख्या २१ मात्रै रहेकाले फुल मन्त्री १७ जना मात्रै नियुक्त हुन सक्छन् भने बाँकी चार जना राज्यमन्त्री बनाउनुपर्छ ।
यस्तै, हिजाे एउटा कार्यक्रममा माओवादीका अध्यक्ष प्रचण्डले पनि मन्त्रीकै विषयमा आफू तनावमा रहेको बताएका थिए । उनले माओवादीका सबै सांसदले मन्त्री बन्ने ईच्छा देखाएपछि आफू तनावमा रहेको आशयको अभिव्यक्ति दिएका थिए ।