
अर्बपति एलन मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर र खर्च विधेयकको कडा आलोचना गरेका छन् ।

उनले यसलाई ‘घृणित’ भात भनेका छैनन् संसद्मा यस विधेयकमा मतदान गर्ने सांसदहरूलाई पनि निशाना बनाएका छन् ।



यो कानुन केही दिन अघि अमेरिकी संसद्को तल्लो सदनमा पारित भएको थियो । यस कानुनमा धेरै ट्रिलियन डलरको कर छुट, बढेको रक्षा खर्च र अमेरिकी सरकारलाई थप ऋण लिन अनुमति समावेश छ ।

मस्कले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेख्दै यसको पक्षमा मतदान गर्ने मानिसहरूलाई लाज लाग्नु पर्ने टिप्पणी गरेका छन् ।ट्रम्प प्रशासनको सरकारी दक्षता विभागमा १२९ दिन काम गरेपछि गत हप्ता छोडेका मस्कको अहिले ट्रम्पसँग दूरी बढेको विश्वास गरिएको छ ।
सरकार छोडेपछि मस्कको पहिलो सार्वजनिक टिप्पणीले उनी ट्रम्प प्रशासनको काम गर्ने शैली र निर्णयबाट खुसी छैनन् भन्ने देखाउँछ ।
मस्कले यो कानुनले पहिले नै ठुलो रहेको अमेरिकी बजेट घाटालाई अझ बढाउने र अमेरिकी नागरिकहरूमा दिगो ऋणको भार थप्ने बताएका छन् ।