चीनबाट आज आठ लाख डोज भेरोसेल खोप आउँदै

काठमाडौँ : चीनबाट आज कोभिड–१९ विरुद्धको आठ लाख डोज भेरोसेल खोप नेपाल आउँदै छ । दिउँसो नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट थप आठ लाख डोज खोप काठमाडौँ आइपुग्नेछ ।

नेपालले चीनससँग खरिद गरेको ४० लाख डोजमध्ये अन्तिम ‘लट’ खोप ल्याउन लागिएको स्वास्थ्य सेवा विभागअन्तर्गत आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ ।

चीन सरकारले नेपाललई थप १६ लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको छ ।

त्यो खोप कहिले नेपाल आउने भन्नेबारे टुंगो नलागेको व्यवस्थापन शाखाले जनाएको छ ।