
काठमाडौँ : केही दिनदेखि जारी नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज पनि बस्दै छ । बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा दिउँसो ३ बजेका लागि बोलाइएको छ ।
बैठक पार्टीभित्रको विवाद, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा केन्द्रित हुने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताए । यसअघि आइतबारको बैठकमा पार्टी उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका थिए ।
बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने उपस्थित भएनन्। अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठक उनीहरुले बहिष्कार गर्दै आएका छन् । पार्टीको विधान अधिवेशनको तयारी, विभागहरूलाई पूर्णता दिनेलगायतका विषय बैठकका एजेण्डा छन् ।
एमालेभित्र जारी विवाद समाधानका लागि भन्दै गठित कार्यदलले तयार पारेको १० बुँदे सहमतिको प्रस्तावबमोजिम विभिन्न आयोग गठन, केन्द्रीय विभागहरुको पूर्णता र प्रदेश कमिटीहरुको अनुमोदनलगायत बैठकका एजेण्डा छन् ।