नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल हुँदै

काठमाडौँ: नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ ।

नेपालले भदौ १६ र २० गते गरी दशरथ रंगशालामा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

बिज्ञापन

नेपाल र भारतबीच १९ पटक आमनेसामने भएका छन् जसमा भारतले १३ मध्ये जितेको छ। नेपालले भारतलाई २ पटक पराजित गरिसकेको छ जसमा नेपाली २०१३ को साफ च्याम्पियनसिपमा २-१ ले जित थियो।

यसअघि साफ च्याम्पिनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेलका लागि बंगलादेश, भारत र सिंगापुरको राष्ट्रिय टोलीसँग प्रस्ताव गरेको थियो।