
इलाम । इलामबाट ४ नाल भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन । पक्राउ पर्नेहरूमा इलामको सन्दकपुर गाँउपालिका–१ का ३५ वर्षीय रामकुमार राई र २७ वर्षीय मिनकुमार फागो रहेका छन।

बिज्ञापन



इलाम र पाँचथरको सीमा क्षेत्रमा शंकास्पद गतिविधि भएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय इलाम र प्रहरीचौकी पौवा पाँचथरको संयुक्त टोलीले ४ थान बन्दुक र सोमा प्रयोग हुने बारुद बरामद गरेको हो।

हतियार अबैध रहेकोले उक्त हतियार तथा प्रयोगकर्ता ब्यक्ति,समूह र प्रयोजन को बिषयमा अबैध हातहतियार मुद्दामा इलाम जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।