
काठमाडौँ : इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदराबाद पराजित भएको छ । आइतबार राति भएको खेलमा कोलकातासँग ६ विकेटले पराजित हुँदै हैदराबाद लिग चरणबाटै बाहिरिएको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हैदरावादले दिएको ११६ रनको लक्ष्य कोलकाताले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर ११९ रन बनायो । कोलकाताका लागि सुभमन गिलले ५७ रनको अर्धशतकीय पारी खेले । ५१ बल खेलेका गिलले १० चौका प्रहार गरे ।

त्यस्तै नितिस रानाले २५ रन जोड्दा दिनेश कार्तिकले १८ रन बनाए ।बलिङतर्फ हैदराबादका लागि जेसन होल्डरले दुई विकेट लिए । त्यस्तै राशिद खान र शिदार्थ कौलले समान एक–एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरको हैदरावादले निर्धातिर २० ओभरमा ८ विकेट गुमाएर ११५ रन बनायो । हैदराबादका लागि कप्तान केन विलियम्सनले सर्वाधिक २५ रनको योगदान गरे । त्यस्तै, अब्दुल सहमदले २५ रन बनाउँदा प्रियम जार्गले २१ रनको योगदान गरे ।



जसन रोयले १० रन बनाउँदा त्यसबाहेकका ब्याटरहरूले दोहोरो रन जोड्न सकेनन् । बलिङतर्फ कोलकाताका लागि टिम साउथी, शिभम माभी र वरुण चक्रवर्तीले समान दुई–दुई विकेट लिए । त्यस्तै साकिव अल हसनले एक विकेट लिए । जितसँगै कोलकाताले प्लेअफमा आफ्नो सम्भावना बलियो बनाएको छ । लिगमा १३ खेल खेलेको कोलकाता १२ अङ्कसहित तालिकाको चौथो स्थानमा छ ।
