वृद्धभत्ता ६५ वर्षमा पाउनुपर्ने काँग्रेस सांसदको माग

बिहीवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै कांग्रेस सांसद जिपछिरिङ लामाले वृद्धभत्ता पाउनुपर्ने उमेर ६५ कायम हुनुपर्ने माग गरेका छन् ।

‘वृद्धभत्ता पाउने उमेर ६५ वर्ष कायम गर्नुपर्‍यो, पहाडी भेगमा ६५ वर्षको मानिसले औषधि उपचार पाउन सकेको छैन ।

त्यसैले ६५ वर्षमा वृद्धभत्ता दिनुपर्छ,’ उनले भने । २०७४ सालमा प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले ६५ वर्षको उमेरमा वृद्धभत्ता दिने निर्णय गरेको थियो तर त्यो निर्णय कार्यान्वयन भएन ।

अहिले ७० वर्षभन्दा बढी उमेर भएका नागरिकलाई मासिक ४ हजार वृद्धभत्ता दिइँदै आएको छ ।