
नेकपा एमालेका दुई जना लुम्बिनी प्रदेशसभा सदस्य बिष्णु पन्थी र रमा घर्ती माधव कुमार नेपाल समूहमा स्पष्ट रुपमा खुलेका छन् ।

विगतदेखि नैं नेपाल समूहमा रहेको बताइएपनि शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार रहँदासम्म उनीहरू स्पष्ट रूपमा खुलेका थिएनन । एमाले नेतृत्वको प्रदेश सरकार परिवर्तनसँगै उनीहरु नेपाल समूहमा खुलेका हुन् ।
बिज्ञापन



नेपाल निकट एमाले रुपन्देहीको शनिबारको बैठकमा सांसद पन्थी र घर्ती सहभागी भएका हुन् । पन्थी कपिलवस्तुबाट प्रत्यक्ष निर्वाचित सांसद हुने भने, घर्ती पाल्पाकी समानुपातिक सांसद हुन् ।
