वडाध्यक्षलाई बिजुलीको पोलमा बाँधे जनताले

निर्वाचित भएको ४ वर्ष बितिसक्दा पनि विकासको कामहरू नगरेको भन्दै स्थानीय जनताहरूले एक वडाध्यक्षलाई बिजुलीको खम्बामा बाँधेका छन् ।

छिमेकी मुलुक भारतको विहार राज्यस्थित नेपाल भारतको सीमासँगै रहेको मधुवनी जिल्लाको घटना हो यो । जहाँका जनताले विकास नगरेको भन्दै वडाध्यक्षलाई बिजुलीको पोलमा बाँधेर घाममा तताएका छन् ।

बिज्ञापन

मधुवनी जिल्लाको मोहनिया नगर पञ्चायतमा विकास नभएको भन्दै स्थानीयहरूले आफ्नो रिस जनप्रतिनिधिउपर निकाल्न सुरु गरेको छ । वर्षाको मौसममा बाटामा हिडन कठिनाइ भएको भन्दै स्थानीय जनताहरूले वडाध्यक्षलाई बाँधेका हुन् ।

मोहनिया नगर परिषद्को वडा नम्बर १५ का वडाध्यक्ष इम्तियाज अँसारीलाई बिजुलीको पोलमा बाँधेको हो । उनलाई पोलमा बाँधेको सूचना नगर पञ्चायतका अध्यक्षसहित अन्य पदाधिकारीहरूलाई समेत दिएको बताइएको छ ।

वडा नं. १५ मा गल्लीमा सडक, नाला नभएका कारण वर्षायाममा आम नागरिकले सास्ती भोग्नु परेको छ । स्थानीयहरूलाई पैदल हिडनसमेत समस्या भएपछि वडाध्यक्ष (वडा पार्षद्) लाई बिजुलीको खम्बासँग बाँधेको हो ।