
काठमाडौ। नेपाली सिनेमा क्षेत्रकी चर्चित अनि कुनै समयकी नम्बर वान नायिका रेखा थापा यतिबेला आफ्नो राजनीतिक अभिव्यक्तिका कारण चर्चामा आउँने गरेकी छिन् ।




पछिल्लो समय सरकारको कट्टर आलोचक र विप्लव समूहको प्रसंशक बन्दै आईरहेकी उनी यही कारण पनि लाईमलाईटमा आईरहेकी छिन् । तत्कालीन एमाओवादीमा प्रवेश गर्दै कमल थापाको पार्टी राप्रपा नेपाल हुँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) मा केन्द्रीय सदस्य समेत बनेकी उनले सरकारले विप्लवलाई प्रतिबन्ध लगाउँदा समेत कडा रुपमा आलोचना गरेकी थिईन् ।

उनी विप्लव समूहलाई देशभक्त भन्न रुचाउँछिन् । उनले विप्लवले पनि सरकारको नेतृत्व गरेको हेर्न चाहेको बताएकी छिन् ।
एक अन्तरवार्ताको क्रममा उनले अहिले यदि सरकारले विप्लवसँग वार्ताको लागि पहल गरिरहेको हो भने सकरात्मक भएको भन्दै २ तिहाईको सरकारले जुनसुकै हालतमा विप्लवसँग भएको वार्ता सकरात्मक रुपमा टुंग्याउनुपर्ने बताईन् ।
सरकारले विप्लवलाई फकाएर सम्झाएर के गरेर हुन्छ मुलधारमा ल्याउनुपर्ने उनको भनाई छ । विप्लवलाई अहिलेसम्म वार्तामा ल्याउन नसक्नु सरकारको असफलता भएको उनी बताउँछिन् ।
देशका गरिब जनताले समेत राज्यलाई कर तिरिरहेको अवस्थामा सरकारले देशमा विकास र शान्ति कायम गर्न असफल भएको उनी बताउँछिन् ।
विप्लवका नेता तथा कार्यकर्ताहरुलाई इन्काउन्टर भन्दै मार्ने गरेको भन्दै सरकारले नै द्धन्द चाहेको जस्तो पनि देखिएको उनको आरोप छ ।
सरकारले एनसेलबाट कर समेत उठाउन नसकेको , गरिब जनताले समेत कर तिरिहेको अवस्थामा नेताहरुको मात्र झोला भरिनेजस्तो देखिएको एनसेलले कर तिर्नु पर्छ होईन भने बन्द हुनुपर्छ भन्दै विप्लवले एनसेलको कार्यालयमा बम बिस्फोट गराएको उनको ठम्याई छ ।
उनले विप्लवले मान्छे ताकेर बम नहानेको तर एनसेल बिस्फोटको क्रममा दुर्घटनावस मानविय क्षति हुँदा माफी समेत मागेको उनको भनाई छ । उनी भन्छिन् “यहाँ त विदेशी कम्पनी आएर जे पनि गर्दा भयो ।
नेपाली नागरिकले खोलेको कम्पनी जहिले मारमा पर्ने । बैंकहरुले समेत विदेशीलाई लगानी दिने तर आज एउटा गरिबको छोराले म केही गरिखान्छु भनेर ऋण खोज्दा पाउँदैन । यो देश कसका लागि हो ? त्यसैले विप्लवले उठाएका कतिपय मुद्धाहरुमा म सहमत छु” ।