रेनुको पहिलो निर्णय: जन्मिने बित्तिकै छोरीलाई निःशुल्क एक लाखको बीमा

भरतपुर महानगरपालिकामा दोस्रो कार्यकालका लागि निर्वाचित रेनु दाहालले बुधबार (आज) बिहान पदभार ग्रहण गरेकी छिन् ।पदभार ग्रहण गर्दै दाहालले २ निर्णय गरेकी छिन् ।उनले दोस्रो कार्यकालको पहिलो निर्णयमा अब भरतपुरमा जन्मिने छोरीलाई निःशुल्क बीमा गरिने घोषणा गरेकी छन् ।

सो घोषणासँगै अब भरतपुरमा जन्मिने छोरीलाई एक लाख रुपैयाँको बीमा गरिने भएको छ । सो बीमाको अवधि १५ वर्ष रहने बताइएको छ ।यस्तै भरतपुरभित्र ७ हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकलाई निशुल्क वितरण गर्ने समेत दाहालले घोषणा गरेकी छन् ।अबको २ वर्षभित्र भरतपुरको चौकी डाँडादेखि गोलाघाटसम्म खानेपानीको पहुँच पुर्‍याएरै छाड्ने उनले बताएकी छन् ।

बिज्ञापन