
एजेन्सी । भारतीय कँग्रेसकी वरिष्ठ नेता शीला दीक्षितको शनिबार निधन भएको छ । उनी ८१ वर्षकी थिइन् ।
बिहान उनको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई एस्काट्र्स फोर्टिस अस्पतालमा भर्ती गरिएको थियो ।
अस्पतालका निर्देशक डा. अशोक सेठले उनको उपचारको क्रममा दिउँसो ३ बजेर १५ मिनेट जाँदा दीक्षितलाई कार्डियाक अरेस्ट भएको थियो ।
त्यसपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।
शीला दीक्षित १५ वर्षसम्म दिल्लीको मुख्यमन्त्री रहेकी थिइन् ।
लोकसभा चुनावअघि पार्टीले उनलाई दिल्लीको अध्यक्षको जिम्मेवारी सुम्पेको थियो ।
उनको अन्तिम संस्कार आइतबार निगम बोध घाटमा गरिने जानकारी दिइएको छ ।
केजरीवाल सरकारले दुई दिन दिल्लीमा राजकीय शोक मनाउने घोषणा गरेको छ ।
शीला दीक्षितको जन्म ३१ मार्च १९३८ मा पञ्जाबको कपूरथलामा भएको थियो ।
सन् १९९८ मा उनलाई तत्कालिन कँग्रेस अध्यक्ष सोनिया गान्धील्े दिल्लीको जिम्मेवारी दिएकी थिइन् । उनले चुनाव जितेर मुख्यमन्त्री बन्न सफल भइन् । उनले सन् २०१३ सम्म तीन कार्यकाल मुख्यमन्त्रीको पद सम्हालेकी थिइन् ।