क्रिस्टियानो रोनाल्डोले प्रिमियर लिगको लागि ७ नम्बरको जर्सी लगाउने

क्रिस्टियानो रोनाल्डोले प्रिमियर लिगको २०२१–२२ सिजनका लागि म्यान्चेस्टर युनाइटेडमा ‘आइकोनिक’ ७ नम्बरको जर्सी लगाउने भएका छन् । युनाइटेडले विज्ञप्ति जारी गर्दै यस कुराको पुष्टि गरेको हो । रोनाल्डो हालै मात्र युभेन्टस छाडेर ओल्ड ट्राफोड फर्किएका हुन् ।

यसअघि एडिन्सन काभानीले सो जर्सी लगाउँदै आएका थिए । अब उनले २१ नम्बर जर्सी लगाउने गोल डटकमले जनाएको छ । ‘ओल्ड ट्राफोड फर्किएपछि क्रिस्टियानो रोनाल्डोले आइकोनिक नम्बर ७ जर्सी लगाउनेछन्,’ क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बिज्ञापन