
टिम छनोटप्रति असन्तुष्ट जनाउँदै अफगानिस्तान क्रिकेट टोलीका कप्तान रसिद खानले पदबाट राजिनामा दिएका छन्। अफगानिस्तान क्रिकेट बोर्डले आसन्न टीट्वेन्टी विश्वकप क्रिकेटका लागि टिम घोषणा गरेको एक घण्टापछि रसिदले कप्तान छाडेको निर्णय सुनाएका थिए।

टिम छनोट गर्दा आफुसँग छलफल नगरिएको गुनासो रसिदले गरेका छन्।
बिज्ञापन



‘छनोट समिती र अफगानिस्तान क्रिकेट बोर्डले टिम छनोट गर्दा मेरो सहमती लिइएन’,राजिनामा घोषणा गर्दै रसिदले भनेका छन्। रसिदको राजिनामापछि बोर्डले टिम कप्तानको जिम्मेवारी मोहम्मद नाबीलाई दिने तयारी गरेको चर्चित क्रिकेट समाचार पोर्टल क्रिकइन्फोले जनाएको छ।
