
एजेन्सी : च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडले इन्टर मिलानलाई हराएको छ । बुधबार राति स्पेनिस क्लब रियलले सिरि एको इन्टर मिलानलाई १–० ले हराएको हो । समूह डीको खेलमा रियललाई जित दिलाउन रोड्रिगोले विजयी गोल गरेका थिए ।

वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका उनले खेल सकिन एक मिनेट बाँकी छदाँ गोल गरेका थिए । सन सिरोमा घरेलु टोलीले रियलमाथि दबाब बनाएपनि अन्तिममा पिडादायी नतिजा ब्यहोर्यो ।
बिज्ञापन



थिवाउट कर्टोइसले लौटारो मार्टिनेजको हेड र एडिन जेकोको दुई प्रहारलाई बचाएका थिए । सोही समुहको अर्को खेलमा माल्डोभनको क्लब सेरिफ तिरास्पोले युक्रेनको सख्तर डोकेस्कलाई २–० ले हरायो । र तालिकाको शीर्ष स्थानमा रह्यो ।
