भेरी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ : बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीकाअनुसार बाँके र दाङका गरी दुई जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।

उनका अनुसार बाँकेको खजुरा गाउँपालिका–४ की ७५ वर्षीया महिलाको आइतबार राति ७ः २० बजे मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि उनी भदौ २८ गते अस्पतालमा भर्ना भएकी थिइन् ।

यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका–७ का ८२ वर्षीय वृद्धको उपचारको क्रममा आइतबार राति ७ः ३० बजे मृत्यु भएको उनले बताए । उनीमा भदौ १८ गते संक्रमण पुष्टि भएको थियो ।