
काठमाडौं– मंगलबार सम्पन्न नेपाली कांग्रेस कागेश्वरी मनोहरा वडा नं ८ इकाई अधिवेशनबाट हरिभक्त पुडासैनी सभापति रहेको इकाई समिति सर्वसम्मत चयन भएको छ।

इकाई समितिसँगै क्षेत्रीय प्रतिनिधि पनि सर्वसम्मत चयन भएको क्षेत्रीय सचिव सिताराम आचार्यले जानकारी दिए। इकाई सभापतिममा चयन भएसँगै अध्यक्ष पुडासैनीले सर्वसम्मत जिम्मेवारी दिएकोमा धन्यावाद दिँदै आफूले सबैलाई समेटेर अगाडि बढ्ने बताए।



‘सर्वसम्मत जिम्मेवारीका आएका छौं, धेरै साथीहरू छुट्नुभएको छ, उहाँहरूलाई पनि मिलाएर लैजान प्रयत्न रहनेछ’ उनले भने, ‘यो प्रक्रियाले हामी एक भएको देखाएको छ, यसले हामीलाई स्थानीय चुनावमा बलियो उपस्थिति देखाउन सहयोग गर्छ।’ वडाको क्षेत्रीय प्रतिनिधिमा लवराम दाहाल, उद्धव दाहाल, मिठाराम दाहाल, दिनेश पुडासैनी, सिताराम आचार्य, नारायण चापागाँई, विष्णु दाहाल, कमला न्यौपाने लगायत चयन भएका छन्।

वडा नं ९ मा अनिल थापा त्यस्तै वडा नं ९ मा अनिल थापा इकाई अध्यक्ष रहेको इकाई समिति सर्वसम्मत चयन भएको छ। वडा नं ९ मा क्षेत्रीय समिति पनि सर्वसम्मत चयन भएका छन् । कागेश्वरी मनोहराको वडा नं ७ को अधिवेशन आज(बुधबार) भइरहेको छ ।