
काठमाडौं — देउवा र प्रचण्डबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ ।
उनीहरूबीच बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । सो क्रममा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको बताइएको छ ।
माओवादीको केन्द्रको स्थायी कमिटी बैठक बुधबार दिउँसो १२ बजे पेरिसडाँडामा बस्दैछ । उक्त बैठकले सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउने सम्भावना रहेको माओवादी केन्द्रले जनाएको छ ।
प्रधानमन्त्री देउवा बुधबार वा बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन् ।