
संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा भाग लिएर परराष्ट्रमन्त्री डा. नारायण खड्का बिहीबार स्वदेश फर्किएका छन् । ६ असोजमा महासभामा सहभागी हुन न्युयोर्क पुगेका उनले ११ असोजमा महासभालाई सम्बोधन गरेका थिए।
‘आशाको माध्यमबाट लचिलोपन निर्माणका साथ कोभिड-१९ बाट पुनःस्थापना, दिगो पुनर्निर्माण, पृथ्वीको आवश्यकता पूरा गर्न तथा जनताका अधिकारलाई सम्मान गर्दै संयुक्त राष्ट्रसङ्घलाई पुनर्जागृत गराउने’ विषयमा उनले नेपालको धारणा राखेका थिए।
न्युयोर्कमा रहँदा उनले राजनीतिक समझदारीमा एमसिसी अनुमोदन गरेर कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।