सर्वदलीय बैठक बहिष्कार गरेका ओलीलाई विश्वप्रकाशले सुझाए सुसंस्कृत राजनीतिको पाठ

काठमाडौं — नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी ओलीलाई संवादमा आउन आग्रह गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बोलाएको गरेका थिए । उक्त विषयमा ट्वीट गर्दै शर्माले ओलीलाई सुसंस्कृत राजनीतिबारे सुझाएका छन् ।

बिज्ञापन

ओलीलाई मेन्सन गर्दै लेखिएको ट्वीटमा शर्माले भनेका छन्, ‘सुसंस्कृत राजनीतिले सँगै बसेर समाधान खोज भन्छ, बहिष्कार गरेर एकल मंचबाट असहिष्णु बात गर भन्दैन ।’

उनले सर्वदलीय बैठकमा फरक मत राख्न र साझा मत निर्माणको प्रयत्न गर्न सकिने बताएका छन् ।

उनले द्वन्दको हल हठ नभएको भन्दै संवादले खोज्नुपर्नेमा जोड दिएका छन् । उनले गतिरोधले गिराउँदो छविप्रति गम्भीर बन्न ओलीलाई सचेत गराएका छन् ।