
काठमाडौँ : नेपाली कांग्रेसका नेता गगन थापाले नागरिकको बिचमा गएर संवाद गर्न सक्ने नेतृत्व आवश्यक भएको बताएका छन् । काठमाडौं नगरपालिकाको अधिवेशन उद्घाटन कार्यक्रममा थापाले कांग्रेसले जनतामा आशा र भरोसा दिलाउन नसकेको बताए ।
उनले कांग्रेसमा देखिएको अहिलेको यथास्थितिबादले जनताको विश्वास जित्न नसक्ने बताए । “आज जसरी पार्टी चलेको छ यसले कांग्रेसप्रति जनताको भरोसा दिलाउन सक्दैन,” उनले भने । नेता थापाले कांग्रेसभित्र सुद्धिकरण आवश्यक भएको पनि बताए ।
तहगत अधिवेशनले कांग्रेस सुधार गर्न भूमिका खेल्नुपर्नेमा थापाको जोड थियो । नेता थापाले आउँदो तीन तहको निर्वाचनबाट कांग्रेस पहिलो पार्टी बनाउनुपर्नेमा उनले जोड दिए । सम्पूर्ण कम्युनिष्ट र मधेसवादी दलहरु मिले पनि कांग्रेस पहिलो पार्टी बन्ने गररी काम गर्न उनले आग्रह गरे ।