नेपाल र आयरल्याण्डको खेल सुरू

काठमाडौं — ओमानमा जारी चार देशबीचको टी–२० क्रिकेट सिरिजमा नेपाल र टेस्ट टोली आयरल्याण्डबीचको खेल सुरू भएको छ ।

नेपाल र आयरल्याण्डबीचको खेल सोमबार अपरान्ह ३ः४५ देखि अलअमरेत क्रिकेट स्टेडियममा सुरू भएको हो ।

बिज्ञापन

नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका छन् ।

नेपालले आजको खेलमा तीन टोलीमा परेको छ ।

नेपालले युएईसँगको खेलबाट साहब आलम, विवेक यादव र आरिफ शेखलाई बेन्चमा राखेको छ ।

अभिनाश बोहरा, कुशल मल्ल र कुशल भुर्तेल टोलीमा फर्किएका छन् ।