ईपीएल: भैरहवाद्वारा पोखरासामू १२० रनको लक्ष्य प्रस्तुत

काठमाडौँमा जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडिएटर्सले पोखरा राईनाेजलाई १२० रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा बिहिबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले २० ओभरमा ६ विकेट गुमाएर ११९ रन बनाएको हो।

भैरहवाको लागि कप्तान शरद भेषावकरले सर्वाधिक ३२ रनको योगदान गरे । शरदले ३३ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे । त्यस्तै आरिफ शेखले २४ बल खेल्दै १ चौका र १ छक्का मद्दतमा २७ रन बनाए ।

५१ रन बनाउदा भैरहवाले ५ विकेट गुमाएको अवस्थामा थियो। तर आरिफ र कप्तान शरदले ४१ रनको साझेदारी गरि सम्मानजनक लक्ष्य दिएको छ। यस सिजन पहिलो पटक ओपनिङ गरेका राहित पौडेलले १८, प्रदिप ऐरीले ११ र उपुल थरंगाले १० रन बनाए ।

बलिङमा पोखराका किशोर महतो र साहान अराचचिगेले सम्मान २-२ विकेट लिए । त्यस्तै नन्दन यादव र असेला गुनारत्नेले समान १ विकेट लिए ।