
आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटअन्तर्गत आज आइतबार दुई खेल हुँदै छ । विश्वकपको सुपर १२ अन्तर्गत आज भारत–पाकिस्तान तथा श्रीलंका– बंगलादेशबीच प्रतिस्पर्धा हुँदै छ ।
पहिलो चरणबाट सुपर १२ मा प्रवेश गरेका श्रीलंका– बंगलादेशबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुने छ । दुबै टोली जित निकाल्दै सुखद सुरुवातको लक्ष्य साथ मैदान उत्रँदै छन् । बहुचर्चित भारत र पाकिस्तानबीचको खेल राति ७ः४५ बजे सुरु हुने छ ।
भारत र पाकिस्तानबीचको क्रिकेट भिडन्तलाई एक अर्काको प्रतिष्ठासँग जोडेरसमेत हेर्ने गरिएको छ । दुबै टिमबीच आईसीसी र एसीसीका प्रतियोगिता बाहेक लामो समयदेखि कुनै सिरिज हुन सकेको छैन ।
सन् २०१९ को एकदिवसीय विश्वकपपछि भारत र पाकिस्तानबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । सन् २०१६ को विश्वकपमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको थियो। २०१९ को एकदिवसीय विश्वकपमा समेत भारत विजयी भएको थियो ।