
काठमाडौँ : आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज (बुधबार) दुई खेलहरु हुँदै छन् । विश्वकप अन्तर्गत आज हुने पहिलो खेलमा इंग्ल्यान्ड र बंगलादेशबीच प्रतिस्पर्धा हुने छ । आबुधाबीमा हुने इंग्ल्यान्ड र बंगलादेशबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुने छ ।
समूह १ मा रहेको इंग्ल्यान्ड लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा इंग्ल्यान्डले वेस्ट इन्डिजलाई ६ विकेटले हराएको थियो । इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा रहेको छ । बंगलादेश भने पहिलो जित निकाल्न चाहन्छ । पहिलो खेलमा बंगलादेशलाई श्रीलंकाले ५ विकेटले हराएको थियो ।
यस्तै दोस्रो खेलमा नामिबिया र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुने छ । आबुधाबीमा हुने दुई टोलीबीचको खेल राति ७ः४५ बजे सुरु हुनेछ । स्कटल्याण्ड आज पहिलो जितमा खोजीमा हुने छ । नामिबिया सुपर १२ मा सुखद सुरुआत गर्न चाहन्छ ।