प्रधानमन्त्री देउवा बेलायत जाँदै, अदालतको विवाद पनि लम्बिँदै

सर्वोच्च अदालतमा उत्पन्न विवादको टुङ्गो नहुँदै प्रधानमन्त्री शेरबहादुर देउवा झण्डै एक साता लामो स्कटल्याण्ड भ्रमणमा निस्कने भएका छन् । बेलायतको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी २६ औं सम्मेलन (कोप–२६) मा भाग लिन प्रधानमन्त्री देउवा शुक्रबार त्यसतर्फ जाँदै छन् ।

उनी कात्तिक १८ गते मात्रै स्वदेश फर्कने छन् । एक साता लामो उनको भ्रमणका दौरान यता भने अदालतको विवाद झनै लम्बिने देखिएको छ ।

बिज्ञापन

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएसन देशव्यापी आन्दोलनको घोषणा गर्ने तयारीमा छ भने सर्वोच्च अदालतका १५ जना न्यायाधीशले सोमबारयता लगातार इजलास बहिस्कार गर्दै आएका छन् । यही अवस्थामा प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा विवाद थप लम्बिने भएको हो ।