
काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै भएको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएपछि नेपाल बार एसोसिएसन आक्रोशित बनेको छ । सर्वोच्च प्रांगणमा आफूहरुको शान्तिपूर्ण धर्नामा बिहीबार भएको प्रहरीको बल प्रयोगबारे छलफल गर्न बारले आकस्मिक बैठक बोलाएको छ ।

विरोध प्रदर्शनका क्रममा सुरक्षाकर्मीले बल प्रयोग गरेको, हतियारधारी प्रहरी अदालतमा तैनाथ गरेको र घाइते बारका सदस्यलगायतको विषयमा छलफल गर्न नेपाल बारको आकस्मिक बैठक सुरु भएको हो ।
बिज्ञापन



बैठकमा नेपाल बार, सर्बोच्च अदालत बार र उपत्यकाका उपलब्ध बार इकाईका पदाधिकारीहरू सहभागी रहेको नेपाल बारका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले जानकारी दिएका छन् । बारले प्रधानन्यायाधीश जबराविरुद्धको आन्दोलन अझ सशक्त बन्ने बताएको छ ।
