
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापाले उम्मेदवारी घोषणा गरेका छन् । मंसिर १५ देखि १९ गतेसम्म राप्रपाको महाधिवेशन हुँदैछ ।

राजधानीमा आयोजित एक कार्यक्रममा थापाले पार्टी आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । उनले उम्मेदवारी घोषणा गर्दै भविष्यमा राप्रपालाई विभाजन हुन नदिने संकल्प व्यक्त गरे ।
बिज्ञापन



पार्टीका वयोवृद्ध नेता लोकेन्द्रबहादुर चन्द, विश्वबन्धु थापालगायतको आफूलाई आशीर्वाद रहेको थापाले बताए ।

केही दिनअघि राजेन्द्र लिङ्देनले अध्यक्ष लड्ने घोषणा गरेका थिए ।