
काठमाडौँको रत्नपार्क स्थित आकाशेपुलको भित्तामा रहेको चित्र मेटाएको विरोधमा युवाहरुले आइतबार प्रदर्शन गरेका छन्।

महानगर अगाडि युवाहरुले प्लेकार्डसहित मेयर विद्यासुन्दर शाक्यविरुद्ध प्रदर्शन गरेका हुन्।
बिज्ञापन



कोरोना भाइरसको महामारीविरुद्ध अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, शव व्यवस्थापनमा खटिनेहरु, पाइलट तथा सफाईकर्मीसहितको सम्मानका लागि दुजाङ्ग शेर्पाको अगुवाईमा आकाशेपुलको भित्तामा चित्र बनाइएको थियो।

तर महानगरले हालै सो चित्र मेटाएपछि चौतर्फी विरोध भइरहेको छ।
लिखित स्वीकृत लिएर सम्मानका लागि बनाइएको चित्र मेटाउनु अग्रपंक्तिमा रहेर काम गरेकाहरुप्रतिको अपमान रहेको भन्दै विरोध भइरहेको हो।