भारतीय पूर्वसेना प्रमुख रावत चढेको हेलिकप्टर दुर्घटना हुँदा ४ को मृत्यु

काठमाडौं । भारतीय पूर्वसेना प्रमुख बिपिन रावत चढेको हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

रावत र उनका परिवारका सदस्यहरू चढेको इन्डियन एयरफोर्सको एमआई १७को हेलिकप्टर तमिलनाडुको कोइम्बातोर क्षेत्रमा बुधबार दुर्घटनामा परेको हो ।
रावत यसअघि भारतीय सेनाका प्रमुख थिए ।

रावत अहिले चिफ अफ डिफेन्स स्टाफ थिए । यो पद गत वर्षमात्रै सिर्जना गरिएको हो । पहिलो चिफ अफ डिफेन्स स्टाफको रूपमा रावतले २०२० जनवरीदेखि काम थालेका थिए ।

उक्त हेलिकप्टरमा बिपिन रावत, उनकी श्रीमती मधुलिकासहित सेनाका १४ अफिसरहरु सवार थिए । अहिलेसम्म चार जनाको शव बरामद भएको छ । बरामद भएका शवहरु पूर्णरूपमा जलेका छन् ।
दुर्घटनाको करीब एक घन्टापछि जनरल रावतको वेलिंगटनको मिलिट्री अस्पताल लगिएको छ । उनको अवस्थाबारे कुनै आधिकारिक जानाकरी दिइएको छैन ।