
काठमाडौं — एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिमा कालो बादल मडारिन खोजिरहेको बताएका छन् ।
कांग्रेसको महाधिवेशनलाई सम्बोधन गर्दै उनले प्रतिगामी तत्वहरूलाई फेरि शिर उठाउने दुस्साहर नगर्न चेतावनी दिए ।
उनले भने, ‘नदीको प्रवाह अघि बढिसकेको छ । राजतन्त्रको भविष्य र सम्भावना छैन ।
पूर्वराजाले बरु नयाँ पार्टी वा पसल खोले हुन्छ । एउटा बंशको शासन स्विकार्य छैन ।’
उनले लोकतन्त्रको मुल्य मान्यता कुल्चिने प्रवृति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे ।