रामचन्द्रको चियापानमा प्रधानमन्त्री देउवाविरुद्ध कार्यकर्ताको नाराबाजी

काठमाडौँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोजना गरेको चियापान कार्यक्रममा सभापतिका प्रत्याशी शेरबहादुर देउवा र शेखर कोइराला पुगेका छन् । देउवा प्रवेश गरेसँगै उनीविरुद्ध नाराबाजी भएको छ।

आज बिहान लौनचौरस्थित एक पार्टी प्यालेसमा पौडेलले महाधिवेशन प्रतिनिधिका लागि आयोजना गरेको चियापानमा देउवाविरुद्ध नाराबाजी भएको हो।

पौडेलले देउवालाई मञ्चसम्म पुर्‍याउनासाथ सहभागीहरुले नाराबाजी गरेका थिए।

देउवा मञ्चमा पुग्दा पनि नाराबाजी सुरु भएपछि पौडेले सम्झाउने प्रयास गर्दै साथीहरु यसरी हुँदैन सुन्नुस् र शान्त रहनुस् भनि रहे। होहल्ला नरोकिएपछि पौडेल बाहिरिएका थिए।

उनी बाहिरँदा कित्ता क्लियर गर्न माग गर्दै कार्यकर्ताले उनि विरुद्ध पनि नाराबाजी गरेका छन्।