पिछडिएको क्षेत्रबाट कांग्रेस केन्द्रीय सदस्यमा सिंह निर्वाचित

नेपाली कांग्रेसको जारी महाधिवेशनको पछिल्लो मतपरिणाम अनुसार पिछडिएको क्षेत्रबाट अर्जुनजंगबहादुर सिंह केन्द्रीय सदस्यमा विजयी भएका छन् ।

२६ सय ७७ मत प्राप्त गरी सिंह निर्वाचित भएको कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

सिंहका प्रतिस्पर्धी दीपकजंग शाहीले २ हजार ५६ मत प्राप्त गरे । पूर्व राजदूतसमेत रहेका विजयी सिंह देउवा पक्षका हुन् ।