इङ्ग्लिस क्लब टोटेनह्याम युरोपा कन्फ्रेन्स लिगबाट बाहिरियो

इङ्ग्लिस क्लब टोटेनह्याम युरोपा कन्फ्रेन्स लिगबाट बाहिरिएको छ ।

कोरोनाका कारण स्थगित टोटेनह्याम र रेनसबीचको खेल युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले रद्द गरेसँगै टोटेनह्याम बाहिरिएको हो । टोटेनह्याम र रेनसबीच समूह चरणको अन्तिम खेल डिसेम्बर ९ मा हुने तालिका थियो ।

तर, टोटेनह्यामका खेलाडीमा कोरोना देखिएपछि खेल स्थगित गरिएको थियो ।

यूईएफएले लिगको प्ले अफ ‘ड्र’सार्वजनिक भइसकेको र यो खेलको लागि कुनै समय उपलब्ध नरहेकाले खेल रद्द गरिएको जनाएको छ ।

यूईएफएले नियमअनुसार रेनेसलाई ३–० को जितसहित ३ अङ्क दिएको छ । यो निर्णयसँगै रेनस समूह ‘जी’मा ११ अङ्क जोडेर समूह विजेता बनेको छ ।