खाल्डोमा डुबेर २ वर्षीया बालिकाको मृत्यु

पानी जमेको खाल्डोमा डुबेर नवलपरासी पूर्वमा एक बालकको मृत्यु भएको छ । आइतबार दिउँसो पूर्व मध्यबिन्दु नगरपालिका–१ सेतापानीस्थित रहेको नवलपुर इँट्टा भट्टामा खेल्ने क्रममा खाल्डोमा खस्दा २ वर्षीया जेनिसा चौधरीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

इँट्टाभट्टामा काम गर्ने क्रममा आमा करिश्मा चौधरीले छोरी जेनिसालाई सँगै लगेकी थिइन । उनी काममा ब्यस्त भएको अवस्थामा छोरी जेनिसा खेल्ने क्रममा पानीको खाल्डोमा खस्न पुगेकी थिइन् । घटनाका वारेमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।