काँग्रेसका वडाध्यक्षले लगाए नगर पालिकामा ताला

कञ्चनपुर । शुक्लाफाँटा नगर पालिका वडा नं-६ को वडा कार्यालय भवन निर्माण गर्दा विवाद भएपछि वडाध्यक्षसहितले नगर पालिकामा तालाबन्दी गरेका छन् ।

नदी बगरमा वडाको भवन निर्माण हुनुपर्ने भन्दै वडाध्यक्ष जगता रानासहित काँग्रेस निकट कार्यकर्ता तथा स्थानीयहरूले बिहीबार तालाबन्दी गरेका हुन् ।

बिज्ञापन

यसअघि नदी बगरमा वडा कार्यालयको भवन शिलान्यास गरिएको थियो तर केही स्थानीयसहितले वैजनाथ मावि कसरौलको जमीनमा वडा कार्यालय भवन बनाउनुपर्ने माग राख्दै विरोध गर्दै आएका छन् । वडाध्यक्ष राना काँग्रेसबाट निर्वाचित हुन् ।