
काठमाडौं । क्यानेडियन नागरिकका रूपमा बिग बास लिग क्रिकेटको डाफ्टमा नाम सार्वजनिक भएपछि चर्चामा आएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वसदस्य सुवास खकुरेलले आफू नेपाली नै रहेको बताएका छन् ।

उनले बीबीएल आयोजकबाट गल्ती भएको हुनसक्ने बताए ।
बिज्ञापन



‘नेपाल क्रिकेट संघ क्यानलाई बीबीएल आयोजकले क्यानडा बुझेर मेरो नाम त्यसरी लेखेका हुन सक्छ । मैले बीबीएलको लागि नाम चाहीँ दिएको थिएँ । तर, म नेपाली नागरिक हुँ’, उनले भने ।
