चीनमा बाईबल प्रतिबन्धित, चर्च चलाउनेलाई १५ बर्षसम्म जेल सजाय

 

एजेन्सी । अमेरिकी मुलका पाष्टर जोनलाई ७ वर्षको जेल सजाय सुनाइएको छ । उनी चीनमा ईसाईकरणको काम गरिरहेका थिए ।

बिज्ञापन

त्यति मात्रै नभई चीनबाट बाईबल बोकेर गैरकानुनी ढंगबाट उनी म्यानमार पनि जान थाले । उनले बारम्बार यस्तो गरेपछि चीनको सीमा सुरक्षामा तैनाथ सुरक्षाकर्मीले उनलाई पक्रेका थिए ।

हालैको एक तथ्यांक अनुसार, युनान प्रान्तमा २०० जना ईसाईलाई जेल सजाय भएको छ । १०० भन्दा बढी घरभित्र चलाईएका चर्चमा ताला लगाईएको छ ।

त्यसैगरी ग्वान्जाउ प्रान्तमा हौसी नाम गरेको चर्चले ८ लाख पाउण्ड बराबरको सम्पत्ति गैरकानुनी ढंगबाट कमाएपछि चर्चका पाष्टहरूलाई जेल चलान गरिएको छ भने चर्चमा ताला लगाईएको छ ।

यसका साथै चीनले बाईबलको अनलाईन विक्री वितरणमा पनि प्रतिबन्ध लगाएको छ । जबकी अन्य धर्मका पुस्तकको अनलाईन विक्रीमा प्रतिबन्ध लगाइएको छैन । अब, बाईबल चीनले तोकेका चर्चका पुस्तक पसलमा मात्रै किन्न पाईने छ ।

त्यसैगरी, दर्ता नगरी खोलिएका सबै चर्च धमाधम बन्द गरिँदैछन् । घरभित्र चर्च चलाउनेहरूलाई प्रहरीले पक्राउ गरिरहेको छ । १५०० चर्चबाट क्रुस हटाइएको छ । हङकङमा रहेको ५० हजार मानिस अटाउने चर्च गैर कानुनी प्रमाणित भएपछि ध्वस्त पारिएको छ ।

सरकारको नीति विपरित चर्च चलाउने व्यक्तिहरूलाई ७ देखि १५ वर्षसम्मको जेल सजाय सुनाईएको छ । चीनमा ईसाई पन्थको प्रचारमा पनि कडा प्रतिबन्ध लगाईको छ ।