
काठमाडौं- प्रधानमन्त्री कप राष्ट्रिय पुरुष टी-२० क्रिकेट प्रतियोगितामा सोमबार विभागीय टोली नेपाल पुलिस क्लबले प्रदेश-१ को सामना गर्दैछ । यो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
यसअघिका तीनै खेल जित्दै समूह ए को विजेताका रूपमा सेमिफाइनल पुगिसकेको पुलिस आज पनि त्यसलाई कायम राख्न चाहन्छ।
तीन खेलमा १ अंक जोडेर अन्तिममा रहेको प्रदेश-१ पनि पुलिसलाई हराउँदै पहिलो जित दर्ता गर्ने सोचमा छ ।यो खेल शनिबारका लागि तथ भए पनि प्रदेश-१ का खेलाडीलाई कोरोना संक्रमण देखिएपछि सोमबारलाई सारिएको थियो ।