प्रचण्डपुत्र प्रकाशको नाममा विदेशमा पैसा राखेको प्रमाण ल्याउन प्रचण्ड सचिवालयको चुनौती

काठमाडौं । प्रचण्डपुत्र स्वर्गीय प्रकाश दाहालको नाममा २१ अर्ब रुपैयाँ बिदेशी बै‌कमा रहेको भन्ने प्रचार तथ्यहिन भएको भन्दै प्रचण्डको निजी सचिवालयले एक विज्ञप्ती जारी गरेको छ ।

 

बिज्ञापन

सचिवालयले मंगलबार बिहान विज्ञप्ती जारी गर्दै गलत प्रचार गर्नेलाई कारबाही गर्न सरकारसँग माग समेत गरेको छ। प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘कमरेड प्रकाशको नाममा विदेशको कुनै पनि बैंकमा खाता र पैसा रहेको प्रमाणित गर्न हामी चुनौती दिन्छौं । परिवर्तन विरोधी प्रतिगामी, प्रतिक्रान्तिकारी तत्वहरुका यस खालका कपोल्कल्पित भ्रामक प्रचारबाट भ्रमित नहुन आम पार्टी पङ्क्ति एवम् जनसमुदायमा हार्दिक अपील गर्दछौं।’

 

 

गत साता अध्यक्ष प्रचण्डले परिवारको साथमा गरेको दुबई भ्रमण दिवंगत प्रकाश दाहालको नाममा दुबईको बैंकमा रहेको अरबाै‌ रुपैयाँलाई व्यवस्थापन गर्न गएको भनेर केही सञ्चार माध्यममा समाचार बाहिरिएको थियो ।

 

प्रचण्डको सचिवालयले उक्त कुरालाई कुप्रचार भन्दै घोर भत्सर्ना र खण्डन गरेको छ। साथै ‘यस प्रकारको दुरासयपूर्ण अभिव्यक्ति अग्रगामी परिवर्तनको नेतृत्वलाई जनतामा बदनाम गराउने प्रतिक्रान्तिकारीहरुको षडयन्त्रपूर्ण भ्रामक प्रचार मात्र भएकाे’ भनिएको छ ।