बिश्वकप क्रिकेट :भारतको पाकिस्तानमाथि शानदार जित

एजेन्सी । इंग्ल्यान्ड र वेल्समा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले पाकिस्तानमाथि शानदार जिल निकालेकाे छ । आइतबार भएको खेलमा भारले पाकिस्तालाई ८९ रनले पराजित गरेकाे हाे । याे भारतकाे लगातार दाेस्राे जित हाे ।

युद्धकै रुपमा तुलना गरिएको खेलमा भारतले दिएको ३३७ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तानले वर्षाका कारण निर्धारित ४० ओभर र ३०२ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य निर्धारित ४० ओभरमा ६ विकेट गुमाउँदै मात्र २१२रन बनायो ।

बिज्ञापन

पाकिस्तानका लागि फखर जमानले सार्वधिका ६२ रनको योगदान गरे । उनले ७५ बलमा ७ चौका र १ छक्काको प्रहार गर्दै ६२ रन जाेड्न सफल भए । त्यस्तै बाबर आजम ४८ जाेडे । उनले ५७ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

इमाद वसीमले ४६ रनको योगदान गरे भने शादव खान २० रन जाेडे । त्यस्तै कप्तान शरर्फराज अहमिदले १२ रन मात्र जाेड्न सफल भए । भारतका लागि हार्दिक पान्ड्या, कुलदीप यादव र विजय शंकरले समान २-२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ३६ रन बनायो । भारतका लागि रोहित शर्माले शतकीय पारी खेले । उनले ११३ बल खेल्दै १४ चौका र ३ छक्काको सहयोगमा १४० रन पूरा गरे ।

त्यस्तै कप्तान विराट कोहली र केएल राहुलले अर्धशतकीय पारी खेले । ६५ बल खेलेका कोहलीले ७ चौकाको सहयोगमा ७७ रन बनाए । त्यस्तै ७८ बल खेलेका केएलले ३ चौका र २ छक्काको सहयोगमा ५७ रनको योगदान गर्दै आउट भए ।

भारतका लागि हार्दिक पान्ड्याले २६ रन बनाएर आउट भए । पाकिस्तानका लागि मोहम्मद आमिरले ३ विकेट, वहाब रियाज र हसन अलीले समान १ १ विकेट लिएका थिए ।